Political Hightlights

नेकपामा केन्द्रीय कमिटी बैठक माग गर्दैै हस्ताक्षर संकलन सुरु

हिमालय टिभी
२०७७ असार २१ गते १९:१०
नेकपामा केन्द्रीय कमिटी बैठक माग गर्दैै हस्ताक्षर संकलन सुरु

२१ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु भएको छ ।

पार्टी विभाजनको अवस्थामा पुगेका बेला त्यसलाई रोक्न भन्दै केन्द्रीय सदस्यहरुले बैठकको बोलाउन हस्ताक्षर अभियान चलाएका हुन् ।

केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टी विभाजनको खतरा बढ्दै गएपछि केन्द्रीय सदस्यहरूले हस्ताक्षर संकलन अभियान चलाएको जानकारी दिनुभयो । नेकपामा स्थायी कमिटी बैठक चलिरहेका बेला केन्द्रीय कमिटीको माग भएको छ ।

स्थायी कमिटीले निर्णय गरे पनि अनुमोदनका लागि केन्द्रीय कमिटी बोलाउनुपर्छ भन्ने केन्द्रीय सदस्यहरुको माग छ । ।

पार्टी विभाजन कुनै पनि मूल्यमा केन्द्रीय कमिटीलाई स्वीकार्य नहुने भएकाले एकता कायम राख्न पनि हस्ताक्षर अभियान चलाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्