Main News

ढलमा कोरोना देखिए पनि आत्तिहाल्न पर्दैनः स्वास्थ्य मन्त्रालय (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २१ गते १७:०८
ढलमा कोरोना देखिए पनि आत्तिहाल्न पर्दैनः स्वास्थ्य मन्त्रालय (भिडियोसहित)

२१ असार, २०७७ काठमाडौं । सरकारले राजधानीको ढलको नमूना लिएर परीक्षण गर्दा कोरोना भाइरस देखिए पनि समुदायमा कोरोना फैलियो भनेर भन्न नमिल्ने बताएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित व्यक्ति वा निको भएपछि ढलमा भाइरसका टुक्राटुक्री देखिए पनि सर्ने खालको नभएको बताउनु भएको हो ।

सामान्य तापक्रमको पानी, फोहोर पानी, अस्पतालबाट निस्किने ढलको पानीमा पनि कोरोना भाइरस २ दिनसम्म बाँच्ने उहाँले बताउनुभयो । प्रवक्ता डा. गौतमले भाइरसको पहिचान भए पनि यसको माध्यमबाट सर्न सक्ने सम्भावनालाई अहिलेसम्म कुनै पनि देशले पुष्टि गरेको बताउनुभयो ।

उहाँले ढलमा भाइरस देखिँदैमा नआत्तिन आग्रह गर्दै उहाँले अन्य रोगका किटाणु पनि भएकाले विशेष सतर्कता अपनाउन भने आग्रह गर्नुभयो । सरसफाईकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाउन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *