Main News

नेपालमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५७८४ पुग्यो

हिमालय टिभी
२०७७ असार २१ गते १६:३४
नेपालमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५७८४ पुग्यो

नेपालमा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा अहिलेसम्म ६ सय ९४ जना संक्रमित भेटिएका छन् । ४ सय ६९ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर २ मा ४ हजार १ सय ६० जनामा संक्रमण देखिँदा २ हजार ३४ जना डिस्चार्ज भएका छन् । बागमती प्रदेशमा ५ सय ६३ जनामा संक्रमण देखिएको छ २ सय ३४ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गण्डकी प्रदेशमा १ हजार १ सय ४२ जनामा संक्रमण देखिएको छ भने २ सय १४ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ६८ संक्रमित रहेका छन् । १ हजार ७ सय २५ जना डिस्चार्ज भएका छन् । कर्णाली प्रदेशमा १ हजार ५ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ७८ जनामा संक्रमण देखिएको छ । भने क्रमसः १ हजार १ सय ९१ र ६ सय ८० जना डिस्चार्ज भएका छन् ।

देशका २५ वटा प्रयोगशालाबाट कोरोना परीक्षण सुरु भएको छ । आइतबार ४ हजार ७ सय १० जनाको कोरोना परीक्षण भएको छ । आजसम्म २ लाख ५१ जहजार ७ जनाको परीक्षण भएको छ । यस्तै अहिले क्वारेन्टिनहरुमा ३१ हजार ५ सय ७३ जना रहेका छन् । ६ हजार ५ सय ४७ जना संक्रमित निको भएर डिस्चार्ज हुँदा ९ हजार २ सय ३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

मन्त्रालयले क्वारेन्टिनमा बस्दा अनिवार्य मास्क लगाउन र क्वारेन्टिन बस्नु र जानुपूर्ण अनिवार्य स्वास्थ्य अवस्था जाँच गरी रिपोर्ट गर्न पनि भनेको छ ।

मन्त्रालयले राजधानीको ढलको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस देखिएपनि समुदायमा कोरोना फैलियो भनेर भन्न नमिल्ने बताएको छ । संक्रमित व्यक्ति वा निको भएपछि ढलमा भाइरसका टुक्रटुक्री देखिएपनि सर्ने खालको नभएको उहाँले बताउनुभयो ।

सामान्य तापक्रमको पानी, फोहोर पानी, अस्पतालबाट निस्किने ढलको पानीमा पनि २ दिनसम्म बाँच्ने उहाँले बताउनुभयो । प्रवक्ता डा. गौतमले भाइरसको पहिचान भएपनि यसको माध्यमबाट सर्न सक्ने सम्भावनालाई अहिलेसम्म कुनै पनि देशले पुष्टि गरेको बताउनुभयो । ढलमा भाइरस देखिँदैमा नआत्तिन आग्रह गर्दै उहाँले अन्य रोगका किटाणु पनि भएकाले विशेष सतर्कता अपनाउन भने आग्रह गर्नुभयो । सरसफाईकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाउन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *