राजनीति

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच गोप्य भेटवार्ता भएको खुलासा

हिमालय टिभी
२०७७ असार २१ गते १३:३१
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच गोप्य भेटवार्ता भएको खुलासा

२१ असार, २०७७ काठमाडौं । सत्तारूढ नेकपा फूटको संघारमा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षो नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच गोप्य छलफल भएको खुलेको छ ।

असार १७ गते राति बालुवाटारमा करिब डेढ घण्टा भएको भेटलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ । ओलीले पार्टी फुटाएर सरकार गठनका लागि हुन सक्ने सम्भावित गठबन्धनका रुपमा उक्त भेटलाई लिइएको छ ।

देउवाले आफू निकट केही नेताहरुलाई प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्ने अन्तिम तयारी गरेको ब्रिफिङ्ग गर्नु भएको बुझिएको छ । उहाँहरुबिच पार्टी विभाजनपछि पनि कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी भएको छ।

नेकपा विभाजनपछि सरकारमा सहभागी हुन ओलीले देउवालाई आग्रह गरेको र त्यसका लागि आफू तयार रहेको समेत चर्ता हुन थालेको छ । ओली र देउवाबीचको भेटले नेकपामा ओलीइतरको खेमालाई त आशंकित बनाएको छ नै, कांग्रेसभित्र पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सशंकित बनेको छ ।

देउवाप्रति लक्षित गर्दै पौडेलले हिजो एक सार्वजनिक कार्यक्रममा अंकगणितको जोड, घटाउमा कांग्रेस लाग्न नहुने बताउनु भएको थियो । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले गरेको कार्यक्रममा पौडेलले अरूको घर भत्केला र आफ्नो घर बन्ला भन्ने सोच्नु दुर्भाग्यपूर्ण हुुने टिप्पणी गर्नुभयो ।

यसअघि कांग्रेसले विभिन्न घटनाक्रम जोड्दै सरकारले शासन गर्ने राजनीतिक एवं नैतिक आधार गुमाएको ठहर गर्दै ओलीको राजीनामा मागिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्