Political Hightlights

नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड निर्णायक वार्तामा, चार जना साक्षीसमेत सहभागी

हिमालय टिभी
२०७७ असार २१ गते १३:१८
नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड निर्णायक वार्तामा, चार जना साक्षीसमेत सहभागी

२१ असार, २०७७ काठमाडौं । फुटको संघारमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा दुई अध्यक्षबीच अहिले निर्णायक छलफल भइरहेको छ ।

छलफलमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँगै नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुन पनि सहभागी हुनुहुन्छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा पार्टीमा उत्पन्न पछिल्लो विवादबारे छलफल भइरहेको छ ।

विवाद मिलाउने तेस्रो तथा नयाँ विकल्पका रूपमा मंसिर ४ मा भएको सहमति कार्यान्वयन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको म्यान्डेट बाहिर नगई सरकार चलाउने, सरकार सञ्चालन गर्न माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेता रहेको कार्यदल गठन गर्ने, केही मन्त्री र मुख्यमन्त्री हेरफेर गर्ने लगायतका विषयमा पनि छलफल हुने बुझिएको छ । आजको छलफलले निकास नदिए पार्टी विभाजनको चरणमा प्रवेश गर्न सक्ने छ ।

दुइ अध्यक्षबीच हिजो नै छलफल गर्ने भनिए पनि ओलीले समय नदिएकाले संभव भएको थिएन । प्रचण्ड(नेपाल समूहबीच पटकपटक भएका छलफलले विधि र पद्धतिभन्दा बाहिर गएर प्रधानमन्त्री ओलीले धम्क्याउन थालेको र युवालाई प्रदर्शनमा उतार्न थालेको निष्कर्ष निकालेको छ ।

स्थायी कमिटीका ४४ सदस्यमध्ये कम्तीमा ३० जना प्रधानमन्त्री ओलीले विपक्षमा उभिएका छन्। यसपछि प्रधानमन्त्री ओली अझ उत्तेजित बन्दै मन्त्रीलाई अब आफू वारपारको चरणमा प्रवेश गर्न लागेको र त्यसमा को कुन समूहमा लाग्ने भनेर कित्ता स्पष्ट पार्न समेत भनिसक्नुभएको छ ।

आज सहमति नभए प्रधानमन्त्री ओली स्थायी कमिटीको निर्णयअघि नै पार्टी फुटाउन सहज हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने तयारीमा हुनुहुन्छ ।

यसअघि ओली र प्रचण्डबीच शुक्रबार साढे तीन घन्टा भएको छलफलमा कुनै सहमति हुन नसकेपछि स्थायी कमिटी बैठक स्थगित गरिएको थियो । बैठक भोलीका लागि बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्