Political Hightlights

नेकपाभित्रको शक्ति संघर्ष उत्कर्षमा, प्रधानमन्त्रीले सोधे मन्त्रीको पोजिसन !

हिमालय टिभी
२०७७ असार २१ गते ८:१४
नेकपाभित्रको शक्ति संघर्ष उत्कर्षमा, प्रधानमन्त्रीले सोधे मन्त्रीको पोजिसन !

२१ असार, २०७७ काठमाडौं । नेकपाभित्रको शक्तिसंघर्ष उत्कर्षमा अवस्थामा पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक मात्र होइन, संवैधानिक शक्ति प्रयोग गर्ने स्पष्ट सन्देश दिनुभएको छ । ओलीको सन्देशले मिलनको सम्भावना कमजोर भएको अर्को पक्षको टिप्पणी छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरु भइरहेको भन्दै मन्त्री र राज्यमन्त्रीहरुलाई आफ्नो लाइन क्लियर गर्न भन्नु भएको छ ।

हिजो साँझ सरकारी निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएर परिस्थिति सहज नभएको भन्दै कस्को पक्ष लिने भनेर पोजिसन क्लियर गर्न भन्नु भएको हो ।

प्रधानमन्त्रीओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउने र आफूलाई दुवै पदबाट हटाउने तयारी भएको भन्दै मन्त्रीहरुलाई ब्रिफीङ गर्नु भएको थियो ।

सहयोग गर्ने मन्त्रीहरू खुलेर आउन र नगर्ने मन्त्रीले राजीनामा दिन पनि प्रधानमन्त्रीले भन्नु भएको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटलगत्तै मन्त्रीलाई भेटेका ओलीले भन्नुभयो, एक–दुई दिन सोच्नोस्, मसँग हुनुहुन्छ कि उता हुनुहुन्छ, सोचेर मलाई जवाफ दिनुहोस् ।’

प्रधानमन्त्रीले आफू आफ्नो प्रतिरक्षा गर्न सक्षम र तयार रहेको सन्देश दिँदै आफ्नो पक्षमा नउभिने मन्त्रीलाई राजीनामा दिन नैतिक दबाब पनि दिनुभएको छ ।

सरकारले दलबदल गर्न ४० प्रतिशत पनि नचाहिने अध्यादेश ल्याउन सक्ने पनि तयारी रहेको पनि बुझिएको छ । नयाँ अध्यादेश ल्याउने मात्र होइन, संकटकाल पनि लाग्न सक्ने सन्देश ओलीले दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्