खेलकूद

बायर्न म्युनिखलाई २०औं पटक जर्मन कपको उपाधि

हिमालय टिभी
२०७७ असार २१ गते ८:०४
बायर्न म्युनिखलाई २०औं पटक जर्मन कपको उपाधि

२१ असार, २०७७ काठमाडौं । बायर्न म्युनिखले २० औं पटक जर्मन कप फुटबलको उपाधि जितेको छ ।

गएराति सम्पन्न फाइनल खेलमा बायर लिभरकुसेनलाई ४(२ गोलले पराजित गर्दै बायर्नले उपाधि जितेको हो । योसँगै बायर्नले १३ औं पटक एकै सिजनमा दुई वटा घरेलु उपाधि उचाल्न सफल भयो ।

लिभरकुसेनको घरेलु मैदानमा बायर्नलाई च्याम्पियन बनाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । यस्तै डेभिड अलाबा र सेर्गी गान्ब्रीले एक(एक गोल गरे ।

लिभरकुसेनका सेभेन बेन्डेर र काइ हाभर्ट्जले एक(एक गोल फर्काए । १६ औं मिनेटमा अल्बाले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २४ औं मिनेटमा सेर्गीले बायर्नको अग्रता दोब्बर पारे ।

त्यसपछि ५९ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बायर्नले खेलमा ३(० को अग्रता बनायो । ६३ औं मिनेटमा लिभरकुसेनका बेन्डेरले गोल गर्दै खेल ३(१ मा ल्याए । तर, ८९ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नले ४(१ को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा लिभरकुसेनका हाभर्ट्जले एक गोल फर्काएपछि बायर्न ४(२ ले विजयी भयो । त्यस्तै बायर्नले लगातार दोस्रो सिजन जर्मन कपको उपाधि जितेको हो । बायर्नले यस अघि बुन्डेसलिगाको उपाधि जितिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्