Main News

प्रदेश १ मा ३६ जना कोरोनामुक्त भएर घर फर्किए, १२ जना संक्रमित थपिए

हिमालय टिभी
२०७७ असार २० गते १६:१६
प्रदेश १ मा ३६ जना कोरोनामुक्त भएर घर फर्किए, १२ जना संक्रमित थपिए

२० असार, २०७७ मोरङ । कोरोना संक्रमण भई प्रदेश १ मा उपचार गरिरहेका ३६ जना आज कोरोना मुक्त भएर अस्पतालबाट घर फर्किएका छन् । शनिबार नै प्रदेश १ का थप १२ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश १ बाट आज ३६ जना उपचारपछि घर फर्किएका हुन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँमा उपचारत डिस्चार्ज भएका हुन् । मोरङका २४, झापाका ११ र सुनसरीका १ जना उपचारपछि ठिक भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उपचारपछि निको हुनेमा १३ वर्षदेखि ६० वर्ष उमेर समूहका छन् ।

यसैगरी प्रदेश १ मा आज थपिएका नयाँ संक्रमितमध्ये मोरङमा छ, झापामा पाँच र इलाममा एक जना छन् ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा तीन महिला, दुई पुरुष, सुन्दरहरैचामा एक पुरुष, झापाको कचनकवलमा चार पुरुष , कनकाईमा एक पुरुष र इलामको देउमाईमा एक पुरुष छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ६५ पुगेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँस्थित अस्पतालबाट हालसम्म १ सय ४६ जना डिस्चार्ज भएको आइसोलेसन अस्पतालका सम्पर्क अधिकृत धरणी निरौलाले जानकारी दिनुभयो । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय ५७ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *