खेलकूद

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड विजयी

हिमालय टिभी
२०७७ असार २० गते ८:१६
स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड विजयी

२० असार, २०७७ काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ ।

घरेलु मैदानमा एट्लेटिको मड्रिडले मोलार्कालाई ३-० गोलले हराएको हो । एट्लेटिकोको जितमा अल्भारो मोराटाले दुई तथा कोकीले एक गोल गरे ।

मोराटाले २९ औं मिनेटमा पेनाल्टीमा घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा मोराटाले ब्यक्तिगत दोस्रो गोल गरेपछि एट्लेटिकोले २-० को अग्रता बनाएको थियो । त्यसपछि एट्लेटिकोका लागि कोकीले ७९ औं मिनेटमा अर्को एक गोल थपेका थिए ।

जितपछि एट्लेटिकोले च्याम्पियन्स लीग छनोटको सम्भावना थप बलियो पारेको छ । तेस्रो स्थानको एट्लेटिकोले ३४ खेलबाट ६२ अंक जोडेको छ । समान खेलबाट २९ अंक रहेको मालोर्का रेलिगेशन जोनमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्