Political Hightlights

नेकपा स्थायी कमिटी निर्णायक बैठक आज, बैठकअघि शीर्ष तहमा छलफल

हिमालय टिभी
२०७७ असार २० गते ८:०५
नेकपा स्थायी कमिटी निर्णायक बैठक आज, बैठकअघि शीर्ष तहमा छलफल

२० असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको निर्णायक स्थायी कमिटी बैठक आज बस्दैछ । स्थायी कमिटी बैठकअघि शीर्ष तहमा छलफल हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट नहट्ने अडानमा उभिएपछि दुई अध्यक्षबीच समझदारीका लागि एक दिन समय लिएर स्थगित भएको नेकपा स्थायी कमिटी बैठक आज बिहान ११ बजे बोलाइएको छ ।

शुक्रबार तीन घण्टासम्म बालुवाटारमा चलेको दुई अध्यक्षबीचको छलफलमा ओली आफ्नो अडानबाट टसमस हुनु भएको छैन ।

ओली आफ्नो अडानबाट पछि नहटेपछि प्रचण्ड जेठ २ को सहमितबाट निकास निकाल्न सकिने संकेत गर्नु भएको छ । तर ओली मंसिर ४ को सहमतिभन्दा पछि हट्न नसक्ने जनाउ दिनु भएको छ ।

जेठ २ को समझदारी भनेको ओली र प्रचण्डले अढाइ–अढाइ वर्ष आलोपालो प्रधानमन्त्री चलाउने भन्ने हो । त्यो समझदारीलाई मान्ने हो भने ओलीले आगामी मंसिरमा प्रधानमन्त्री पद प्रचण्डलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । तर, ओली त्यसो गर्न तयार हुनुभएको छैन । मंसिर ४ को सहमति भनेको पाँचै वर्ष ओलीले प्रधानमन्त्री चलाउने र प्रचण्डले कार्यकारी अध्यक्ष चलाउने भन्ने हो ।

यसो गर्दा ओली प्रधानमन्त्री र अध्यक्ष दुवै पदमा निरन्तर कायम रहनु हुनेछ । ओलीको यही अडान कायम रहँदा पार्टी नेताहरुलाई कन्भिन्स गर्न नसकिने र स्थायी कमिटीको बैठकले उहाँलाई तत्कालै राजीनामा गर्न निर्देशन दिने अवस्था आउन सक्ने बालुवाटारको छलफलमा प्रचण्डले ओलीलाई बताएका थिए ।

मंसिर ४ को सहमतिमा टेकेर छलफल अघि बढाउँदा मिलन विन्दु भेटिन सक्ने दुबै पक्षको विश्वास छ । आज स्थायी कमिटी बैठक बस्नु उक्त सहमतिको थप व्याख्या र नयाँ सहमति खोज्न सकिने उपायका बारेमा ओली र प्रचण्डबीच छलफल हुनेछ ।

यसैबीच पार्टिका दोस्रो तहका नेताहरुले पनि एकता बचाउनका लागि स्वतन्त्र र हस्तक्षेपकारी भुमिका बढाएका छन् । स्थायी कमिटीका ११ जना सदस्यले पार्टी अध्यक्षद्वयलाई एकता कायम गर्न विभिन्न विकल्पसहित दवाव बढाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्