राजनीति

‘पार्टी नफुटाउ’ भन्दै नेकपा केन्द्रीय सदस्यले दिए केन्द्रीय कार्यालय धर्नामा (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १९ गते २०:१४
‘पार्टी नफुटाउ’ भन्दै नेकपा केन्द्रीय सदस्यले दिए केन्द्रीय कार्यालय धर्नामा (भिडियोसहित)

१९ असार, २०७७ काठमाडौं । पार्टी फुटाउन नदिन र नेताहरुलाई मिल्न दबाब दिन सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्यहरु पार्टी कार्यालय धुम्बाराहीमा धर्नामा बसेका छन् । उनीहरुले पार्टी नफुटाउन र मिल्न नेताहरुलाई आग्रह गरेका छन । यसले नेकपा कति संकटमा छ भन्ने प्रष्ट हुन्छ ।

सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपा गम्भीर संकटमा छ, र विभाजनको डिलैमा पुगेको छ । त्यसैले पार्टी केन्द्रीय सदस्यहरुले विभाजन रोक्ने प्रयासमा धर्नामा बसेका छन । पार्टी जोगाउन कार्यालयमै धर्ना दिनुपर्ला भनेर उनीहरुले सोचेकै थिएनन ।

एकता जोगाउन विभिन्न तहका नेताले विभिन्न ढंगले छलफल र दबाब दिइरहेका छन । तर आन्तरिक रुपमा भैरहेका प्रयास असफल हुने देखिएपछि केन्द्रीय सदस्यहरु धर्ना बस्न बाध्य भए । यसले नेकपामा संकटको स्थिति प्रष्ट पार्छ । तर जसरी अहिले फूटकै अवस्था आएको छ, त्यो बिग्रह हुनै पर्ने अवस्था होईन भन्ने धर्नाकारी केन्द्रीय सदस्यहरुको निष्कर्ष छ ।

केन्द्रीय सदस्यहरुलाई अरु कार्यकर्ताले पनि साथ दिएका छन । र, यसलाई निरन्तरता दिने उनीहरुको तयारी छ । देशका विभिन्न ठाउँमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा जुलुश निस्कदा उनीहरु पार्टी कार्यालयमा धर्नामा बसेका छन । र, यसलाई उनीहरुले बाध्यता भनेका छन । किनकी स्थिति ठीक छैन ।

पार्टीलाई नीति होइन, नेता प्रधान बनाउँदा समस्या आएकोले नीति प्रधान बनाउँदा समस्या समाधान हुने उनीहरुको विश्वास छ । त्यसैले विधि विधानभित्रैबाट समाधान खोज्न र पार्टी एकतालाई बलियो बनाउन नेतृत्वलाई उनीहरुको आग्रह छ ।

प्रभावशाली केन्द्रीय सदस्यहरुनै धर्नामा बस्नुपर्ने अवस्था आउनुले नेकपा भित्रको संकटको गहिराई प्रष्ट हुन्छ । त्यसैले विभाजन सहजै रोकिने स्थिति छैन । तर यसलाई मूल नेतृत्वले कसरी रोक्छ वा रोक्न सक्दैन, त्यो कम्तीमा दुई दिनमा प्रष्ट हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्