Political Hightlights

दोस्रो तहका नेताको ओली र प्रचण्डलाई सुझाव– ‘जे सजिलो हुन्छ, त्यही गर्नुस, तर पार्टी फुटाउन पाइन्न’ (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १९ गते १९:५९
दोस्रो तहका नेताको ओली र प्रचण्डलाई सुझाव– ‘जे सजिलो हुन्छ, त्यही गर्नुस, तर पार्टी फुटाउन पाइन्न’ (भिडियोसहित)

१९ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुन नदिन दोस्रो पुस्ताका नेता सक्रिय भएका छन ।

दोस्रो पुस्ताका ११ जना नेताबीच स्थायी कमिटी सदस्य एवं कृषिमन्त्री घनश्याम भुसालको निवासमा छलफल भएको छ । छलफलले कुनै पनि हालतमा पार्टी एकता जोगाउनुपर्नेमा जोड दिँदै शीर्ष नेतालाई खबरदारी गर्ने निर्णय गरेको छ ।

दुवै पक्षका नेताहरुको संयुक्त छलफलले केपी शर्मा ओलीलाई सरकार र पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी संचालनको जिम्मा दिने मंसिर ४ गतेको सचिवालयको निर्णयलाई आधार मानेर एकता जोगाउन नेतृत्वलाई सुझाव दिएका छन । पार्टी समस्यामा परेकोले जोगाउन पहल थालिएको स्थायी कमिटी सदस्य मणि थापाले जानकारी दिनुभयो ।

छलफलपछि मंसिर ४ गतेको सचिवालयको निर्णयलाई आधार मानेर छलफल गर्दा एकताको नयाँ आधार भेटिने विश्वास व्यक्त गर्नुभयो । दुई अध्यक्षले आफूलाई के सहज हुन्छ त्यो भनेर सहमति गर्ने र अरु नेतालाई विश्वासमा लिनुपर्ने पनि छलफलको निष्कर्ष रहेको थापाले जानकारी दिनुभयो ।

छलफलमा जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, प्रदीप ज्ञवाली , टोपबहादुर रायमाझी, शंकर पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, विष्णु रिमाल र मणि थापा सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्