Main News

चितवनमा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन

हिमालय टिभी
२०७७ असार १९ गते १९:११
चितवनमा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन

१९ असार, २०७७ चितवन । नेकपाका शीर्षस्थ नेताबीच रस्साकस्सी चलिरहँदा विभिन्न जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा जुलुस निकालिएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनमा पनि आज प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन गरिएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले केही युवा नेता भेला पारेर आफ्नो पक्षमा देशभरी नै प्रदर्शन गर्न भन्नुभएको थियो । चितवनका विभिन्न स्थानबाट नारायणगढमा जम्मा भएका नेकपाका सयौं कार्यकर्ताले प्रधानमन्त्री हटाउन नहुने भन्दै चर्को नारावाजी गरेका थिए ।

वर्तमान सरकारले राम्रो काम गरिरहेको तर केही नेताको स्वार्थ पुरा गर्न र भारतीय चलखेलका कारण सरकारमाथि दबाब बनाइएको उनीहरुले आरोप लगाएका छन् ।

ओलीलाई सत्ता नछाड्न दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको अनेरास्ववियूका नेता प्रकाश आचार्यले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *