Main News

नेपाल छिरेको सलहले धेरै क्षति गर्न नसक्ने सरकारी दाबी

हिमालय टिभी
२०७७ असार १९ गते १८:३६
नेपाल छिरेको सलहले धेरै क्षति गर्न नसक्ने सरकारी दाबी

१९ असार, २०७७ काठमाडौं । सरकारले भारत हुँदै नेपाल छिरेको सलहले त्यति धेरै क्षति गर्न नसक्ने जनाएको छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले अहिलेसम्म ७० लाख हाराहारीको संख्यामा नेपाल आएको सलहमध्ये आधा मरिसकेको समेत जनाएको छ । नेपाल आएका सलह फूल पार्न ठिक्क परेका वयस्क रहेका, तर यहाँको वातावरण उपयुक्त नरहेकाले जोखिम कम भएको केन्द्रको दाबी छ ।

नेपाल प्रवेश गरिसकेका सलह बढी चलायमान देखिएको र एकै ठाउँ नबसेकाले पनि क्षति कम भएको अनुमान छ । सलहले रात बिताएको ठाउँ पनि खेतबारी भन्दा ज‌ंगल बढी छ । केही ठाउँमा मकै बालीमा सलहले नोक्सानी गरे पनि अन्यबाली सुरक्षित रहेको केन्द्रको भनाइ छ ।

एकसाता अघि नेपाल प्रवेश गरेको सलहले सबैभन्दा धेरै प्रदेश ५ मा नोक्सानी गरेको छ । भारतको दिल्ली आसपासमा रहेका सहलका नयाँ झुण्ड हावाको बेगसँगै दक्षीण पूर्वी क्षेत्रतिर अघि बढेका छन् । सलह रहेको ठाउँमा हावा उत्तरतिर नबगे ती सलह नेपाल नआउने केन्द्रले स्पष्ट पारेको छ । तर हावा उत्तरतिर चल्यो भने सहल आउने संभावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *