Main News

पेसागत सुरक्षा माग गर्दै पत्रकार महासंघ आन्दोलनमा (फोटोफिचरसहित)

हिमालय टिभी
२०७७ असार १९ गते १८:०१
पेसागत सुरक्षा माग गर्दै पत्रकार महासंघ आन्दोलनमा (फोटोफिचरसहित)

१९ असार, २०७७ काठमाडौं । नेपाल पत्रकार महासंघले पेशागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै आजदेखि आन्दोलन थालेको छ । महासंघले आज काठमाण्डौको बबरमहलमा प्रदर्शन गरेको छ ।

श्रमजीवी पत्रकार ऐन लागू गर्नुपर्ने, पेशागत सुरक्षाको ग्यारेण्टी हुनुपर्ने महासंघको माग छ ।

लकडाउनमा श्रमजीवी पत्रकारलाई जागिरबाट निकाल्ने, विदामा राख्ने, पारिश्रमिक कटौती गर्ने समस्या देखिएको भन्दै महासंघले प्रदर्शन गरेको हो । पेशागत सुरक्षाको ग्यारेण्टी नहुँदासम्म आन्दोलन जारी रहने महासंघका अध्यक्ष गोविन्द आचार्यले बताउनुभयो ।

लक डाउनको अवधिमा समस्या देखाएर पत्रकारलाई निकाल्न खोजिएको भन्दै महासंघले भोलिदेखि सञ्चारगृहमा धर्ना, घेराउ र कालो ब्यानर राख्ने लगायतका कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *