राजनीति

पार्टी विभाजन हुन नदिन र नेताहरुलाई मिल्न दबाब दिन पार्टी कार्यालयमा नेताहरुको धर्ना

हिमालय टिभी
२०७७ असार १९ गते १७:३९
पार्टी विभाजन हुन नदिन र नेताहरुलाई मिल्न दबाब दिन पार्टी कार्यालयमा नेताहरुको धर्ना

१९ असार, २०७७ काठमाडौं । पार्टी फुटाउन नदिन र नेताहरुलाई मिल्न दबाब दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्यहरु पार्टी कार्यालय धुम्बाराहीमा धर्नामा बसेका छन् ।

२० भन्दा बढी केन्द्रीय सदस्य पार्टी एकताको पक्षमा दबाब दिन दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा धर्नामा बसेका हुन् ।

पार्टी फुट्नु पर्ने कुनै कारण नभएको उनीहरुको मत छ । पार्टीलाई विधिमार्फत चलाउन र एकता कायम राख्न दबाब दिइएको केन्द्रीय सदस्य डाक्टर विजय पौडेलले जानकारी दिनुभयो ।

धर्नामा बसेका नेताहरुले कम्युनिस्ट पार्टी नीति प्रधान हो नेता प्रधान होइन, समस्याको समाधान पार्टी विधानभित्रैबाट खोज, पार्टी एकता बलियो बनाउ जस्ता नारा लेखेका प्लेकार्ड बोकेका थिए ।

केन्द्रीय नेतासँगै नेकपाका अन्य कार्यकर्ता पनि धर्नामा बसेका छन् । आज सांकेतिक हिसाबले कार्यक्रम गरेको र यसलाई निरन्तरता दिनुपर्ने देखिएको उनीहरुको निष्कर्ष छ ।

स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाभित्र विवाद बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्