Main News

अब क्यान्सर र मधुमेह पीडितको पनि कोरोना परीक्षण गरिने

हिमालय टिभी
२०७७ असार १९ गते १७:३४
अब क्यान्सर र मधुमेह पीडितको पनि कोरोना परीक्षण गरिने

१९ असार, २०७७ काठमाडौं । सरकारले अब क्यान्सर र मधुमेहजस्ता रोग पीडितको पनि कोरोना परीक्षण गर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले क्यान्सर र मधुमेहका विरामीको पनि कोरोना परीक्षण गरिने जानकारी दिनुभयो । यस्तै उपचारका लागि इमेर्जेन्सीमा पुगेका विरामी र स्वास्थ्यकर्मीको पनि कोरोना परीक्षण गरिनेछ ।

यसअघि विदेशबाट आएका तथा कोरोना संक्रमितसँगको सम्पर्कमा आएका व्यक्तिको कोरोना परीक्षण हुने भनिए पनि भारतबाट आएका सबैको परीक्षण हुन सकेको छैन ।

अहिले पनि भारतबाट आएर गाउँगाउँ क्वारन्टिनमा बसेका व्यक्तिलाई परीक्षणबिना नै घर पठाउने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *