समाज

सामाजिक दूरी कायम गर्दै शैक्षिक संस्था सञ्चालन (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १९ गते १५:०४
सामाजिक दूरी कायम गर्दै शैक्षिक संस्था सञ्चालन (भिडियोसहित)

१९ असार, २०७७ सुर्खेत । कोरोना भाइरसका कारण गत चैत ११ देखि देशव्यापी लकडाउन भएपछि बन्द रहेका शैक्षिक संस्था अझै खुलेका छैनन् ।

केही शहरी क्षेत्रका शिक्षण संस्थाले दूरशिक्षा माध्यमबाट पठनपाठन शुरु गरेका छन् । तर, सुर्खेत सदरमुकाम वीरेन्द्रनगरस्थित अमरज्योति नमूना माध्यमिक विद्यालयले भने सामाजिक दूरी कायम गरी नियमित पठनपाठन शुरु गरेको छ ।

सुर्खेतको अमर ज्योती नमूना माध्यमिक विद्यालयले बन्दाबन्दीको ३ महीनापछि स्वास्थ्य सुरक्षा सामाग्री उपयोग गर्दै नियमित पठनपाठन गरिरहेको छ ।

लकडाउनबाट आजित विद्यार्थी सामाजिक दूरी कायम गरेर शिक्षण सिकाइलाई निरन्तरता दिन पाउँदा खुसी छन् ।

विद्यार्थीलाई आलोपालो प्रणालीमार्फत नियमित कक्षा सञ्चालनसँगै रेडियो, टेलिभिजन र भर्चुअल माध्यमबाट समेत शिक्षण सिकाइलाई निरन्तरता दिएको छ ।

स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर एउटा बेन्चमा एकजना र करीब २ मिटरको दूरी कायम हुनेगरी आलोपालो प्रणालिमार्फत परीक्षणका रुपमा पढाइ सञ्चालन गरिएको हो ।

कर्णालीका करिब तीस हजार बालबालिका रेडियो, टेलिभिजन र अनलाइनको पहुँच बाहिर छन् । कोरोना सन्त्रासकै वीच कन्ट्याक कक्षामार्फत सातामा एक दिन भए पनि प्रत्यक्ष कक्षा सञ्चालन गरिँदा विद्यार्थीको शिक्षण सिकाइमा सहयोग पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *