आर्थिक

प्रशासनले कडाइ गरेपछि साना होटल व्यवसायी संकटमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १९ गते १४:२५
प्रशासनले कडाइ गरेपछि साना होटल व्यवसायी संकटमा (भिडियोसहित)

१९ असार, २०७७ पोखरा । लकडाउन केही खुकुलो भए पनि आर्थिक गतिविधि अझै सहज अवस्थामा आइपुगेको छैन । होटल व्यवसायमा बढी प्रभाव परेको छ । पर्यटकीय क्षेत्र कास्कीमा लकडाउन खुकुलो भएपनि प्रशासनको कडाइका कारण आफुहरु संकटमा परेको साना होटल व्यवसायीको गुनासो छ ।

कास्कीमा पर्यटक लक्षित गरी विगतमा ग्रामीण क्षेत्रमा धेरै होटल रेष्टुरेन्ट संचालनमा आए । कोरोना संक्रमणका कारण साना लागानीका ती व्यवसाय अहिले संकटमा परेका छन् । विदेशको रोजगार छाडेर या अन्य पेशा परित्याग गरेर होटल संचालन गरेका व्यवसायी अहिले दैनिक गुजारा चलाउनसमेत नसक्ने अवस्थामा पुगेका छन् ।

ऋृणधन गरेर सानो लागानीमा होटल संचालन गरेका व्यवसायीलाई आम्दानीको अन्य स्रोत नहुदाँ दैनिक गर्जो टार्न पनि धौधौ परेको छ । प्रशासनले अनलाइन बुकिङ र होम डेलिभरी गर्न मात्र अनुमति दिएको छ तर मुख्य सहरी इलाकाभन्दा बाहिर रहेका होटल व्यवसायमा यो सम्भव छैन । सुरक्षित तरिकाले व्यवसाय संचालन गर्न पाउनुपर्ने उनीहरुको माग छ ।

लकडाउन खुकुलो भएपछि चहलपहल बढेको छ । होटलमा पनि ग्राहक आउन थालेका छन् । तर खाँदाखाँदै प्रहरीले ग्राहकलाई उठाउन थालेपछि व्यवसायी भने होटल खोल्ने–नखोल्ने दोधारमा परेका छन ।

ग्राहक आउन थालेपछि व्यवसायी व्यवसाय संचालन गर्न आँतुर छन् । तर प्रशासन कोरोना संक्रमण फैलन सक्ने भन्दै तत्काल सहज रुपमा होटल सञ्चालन गर्न नहुने पक्षमा छ ।

एकातिर कोरोना संक्रमणको जोखिम छ भने अर्कातिर व्यवसायीको रोजीरोटी नै गुमेको छ । यस्तो अवस्थामा संक्रमण फैलिन नदिनेगरी व्यवसाय संचालनको वातावरण बनाउन प्रशासनले पनि पहल गर्नुपर्ने आवश्यकता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *