समाज

रोल्पामा क्वारन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असार १९ गते १३:२१
रोल्पामा क्वारन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना संक्रमण पुष्टि

१९ असार, २०७७ रोल्पा । रोल्पामा क्वारन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

रोल्पामा अस्ती झुन्डिएर आत्महत्या गरेका गंगादेव गाउँपालिका ५ का ३१ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले जानकारी दिनुभयो । ती पुरुष दुबईबाट असार पहिलो साता आएका थिए ।

क्वारन्टिन खाली नभएपछि गाउँकै काका नाता पर्नेको घरमा उनलाई एक्लै राखिएको थियो । परिवार, उनले भेटघाट गरेका व्यक्ति, स्वास्थ्यकर्मी तथा शव व्यवस्थापनमा खटिएकाको स्वाब संकलन गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *