Main News

गुल्मीमा पहिरोमा पुरिँदा दुई जनाको मृत्यु, एक जना बेपत्ता

हिमालय टिभी
२०७७ असार १९ गते १३:१७
गुल्मीमा पहिरोमा पुरिँदा दुई जनाको मृत्यु, एक जना बेपत्ता

१९ असार, २०७७ गुल्मी । गुल्मीमा बाढी र पहिरोका कारण दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।

इस्मा गाउँपालिका १ अन्तर्गत निस्तीको ढाँडफाँटमा गएराति बस्ती माथिबाट पहिरो खस्दा मल्दीका १८ महिने बालक सुरज सारु र ढाँडफाँटकी ७ वर्षीया बालिका अपिच्छा खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बालिकाकी आमा २८ वर्षीया इश्वरा खत्रीलाई भने ६ घण्टापछि स्थानीयले उद्धार गरेको गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंङ खड्काले जानकारी दिनुभयो ।

पहिरोसँगै निस्ती खोलामा आएको बाढीले एउटा होटल बगाउँदा मुसिकोट नगरपालिका २ का भागिरथ घिमिरे सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ । पहिरोमा परी ६३ वर्षका टिकाबहादुर खत्री घाइते हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *