Main News

नेपाली सेनाका रथी रावल र महासेनानी खड्का बर्खास्त

हिमालय टिभी
२०७७ असार १७ गते २०:०८
नेपाली सेनाका रथी रावल र महासेनानी खड्का बर्खास्त

१७ असार, २०७७ काठमाडौं । नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ ।

सैनिक समरी अदालतले सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो । बर्खास्त भएका सहायक रथी रावल अमेरिकाबाट भर्खर मात्रै वार कलेज सकेर फर्किएका हुन् ।

महासेनानी खड्का वार कलेजका लागि मनोनयनमा परेका थिए । दुवै अधिकृतमाथि माथिल्लो तहबाट भएको आदेश पालना नगरेको, नीति निर्देशन अवज्ञा गरेको, अहोदामा नबसेको र सैनिक अनुशासन उल्लंघन गरेको कसुरमा जनरल सैनिक समरी अदालतले दोषि ठहर गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *