Main News

नेपालमा थपिए ४८२ कोरोना संक्रमित, संक्रमितको संख्या १४०४६ पुग्यो, थप एक जनाको मृत्यु (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १७ गते १६:४६
नेपालमा थपिए ४८२ कोरोना संक्रमित, संक्रमितको संख्या १४०४६ पुग्यो, थप एक जनाको मृत्यु (भिडियोसहित)

१७ असार, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ । पछिल्लो पटक ४ सय ८२ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै नेपालमा संक्रमितको संख्या १४ हजार ४६ भएको छ । काठमाडौं उपत्यकामा संक्रमण बढिरहेको छ । आज उपत्यकाका तीनवटै जिल्लामा गरेर १७ संक्रमित थपिएका छन् ।

काठमाडौंमा ९, ललितपुरमा ५ र भक्तपुरमा २ जना नयाँ संक्रमित भेटिएका हुन् । अछाममा मात्रै एकैदिन १ सय २६ संक्रमित थपिएका छन् । महोत्तरीमा ३६, कैलालीमा २७, बाजुरा र डोटीमा २५–२५, सुर्खेतमा २२, झापा र धनुषामा २१–२१, बझाङमा १८ र सल्यानमा १५ जना नयाँ संक्रमित भेटिएका छन् ।

यस्तै चितवनमा १२, नवलपरासी पूर्व, बाँके र बर्दियामा ११–११, कञ्चनपुर र लमजुङमा १०–१०, स्याङ्जा र गुल्मीमा ८–८ नयाँ संक्रमित भेटिएका छन् । यसैगरी मोरङमा ४, गोरखा, बाग्लुङ र कास्कीमा ३–३, दाङ, पाल्पा, दैलेख, कालिकोट, सिरहा र इलाममा २–२ संक्रमित थपिएका छन् ।

सुनसरी, ताप्लेजुङ, पर्सा, पर्वत, बारा, तनहुँ, अर्घाखाँची, पश्चिम नवलपरासी, जुम्ला र वैतडीमा पनि नयाँ संक्रमित भेटिएका छन् ।

पछिल्लो पटक ४ हजार ८ सय ८६ मात्रै पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । परीक्षण बढाउन माग भइरहे पनि सरकारले भने घटाउँदै लगेको छ ।

एकै दिन १४ सय ६२ निको भए
पछिल्लो पटक एकैदिन १४ सय ६२ संक्रमित आइसोलेसनबाट डिस्चार्ज भएका छन् । नेपालमा एकैदिन थपिएका संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या पहिलो पटक बढी देखिएको हो । यो सँगै डिस्चार्ज हुनेको संख्या ४ हजार ६ सय ५६ पुगेको छ ।

थप एक जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पछिल्लो पटक अछामका पुरुषमा मृत्यु भएपछि संक्रमण पुष्टि भएको छ ।

अछाम जिल्लाको रामरोसन गाउँपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु पछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको मन्त्रालयले जनाएको छ।

कहाँ कति नयाँ संक्रमित थपिए ?
अछाम-१२६
महाेत्तरी-३६
कैलाली-२७
बाजुरा-२५
डाेटी-२५
सुर्खेत-२२
झापा-२१
धनुषा-२१
बझाङ-१८
सल्यान-१५
चितवन-१२
नवलपरासी पूर्व-११
बाँके-११
बर्दिया-११
काठमाडाैं-१०
कञ्चनपुर-१०
लमजुङ-१०
स्याङजा-८
गुल्मी-८
ललितपुर-५
माेरङ-४
गाेरखा-३
बाग्लुङ-३
कास्की-३
भक्तपुर-२
दाङ-२
पाल्पा-२
दैलेख-२
कालिकाेट-२
सिरहा-२
इलाम-२
सुनसरी-१
ताप्लेजुङ-१
पर्सा-१
पर्वत-१
बारा-१
तनहुँ-१
अर्घाखाँची-१
पश्चिम नवलपरासी-१
जुम्ला-१
वैतडी-१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *