अन्तर्वार्ता

ओलीले देउवासँग मिलेर सरकार बनाउने सम्भावना छः पुरञ्जन आचार्य, राजनीतिक विश्लेषक

हिमालय टिभी
२०७७ असार १७ गते १३:२४
ओलीले देउवासँग मिलेर सरकार बनाउने सम्भावना छः पुरञ्जन आचार्य, राजनीतिक विश्लेषक

१७ असार, २०७७ काठमाडौं । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाएर कांग्रेससँग मिलेर सरकार बनाउने संभावना रहेको बताउनु भएको छ ।

हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा बोल्दै आचार्यले महाकाली सन्धी र एमसीसी मुद्दामा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा एकै ठाउँमा रहेकाले कांग्रेससँग मिलेर सरकार बनाउने संभावना रहेको दाबी गर्नुभयो ।

साथै विश्लेषक आचार्यले प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई पटक पटक भेटेर आफ्नो पद जोगाउन राष्ट्रपतिलाई अघि सार्न खोजेको बताउनुभयो । त्यो कदम पूरा नभएमा संवैधानिक व्यवस्थाविपरीत मध्यावधी चुनावमा जान सक्ने अनुमान गर्नुभयो ।

भारतले आफ्नो सरकार ढाल्न खोजेको भनेर प्रधानमन्त्री ओलीले गैरजिम्मेवार अभिव्यक्ति दिएको विश्लेषक आचार्यको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्