राजनीति

पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव, स्थायी कमिटी बैठक स्थगित

हिमालय टिभी
२०७७ असार १७ गते १२:५८
पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव, स्थायी कमिटी बैठक स्थगित

१७ असार, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री र नेताहरूले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सुझाव दिएका छन् ।

दुवै अध्यक्षले अहिले पार्टीभित्र देखिएका समस्या समाधान गरेर अगाडि बढ्नुपर्ने उनीहरूको भनाइ छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बोलाएको छलफलमा उनीहरुले पार्टीभित्र देखिएका समस्या गंम्भीरतापूर्व समाधान गर्न आग्रह गरेका हुन ।

उनीहरुले नेतृत्व भएकाले लचिलो भएर काम गर्न पनि ओलीलाई सुझाव दिएका पर्यटनमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो ।

पार्टी भित्र ठूलो विश्वासको संकट देखिएको भन्दै स्थायी कमिटी सदस्यहरुले प्रोक्सी वार बन्द गर्न पनि सुझाव दिएका छन ।

यसैबीच नेकपा स्थायी कमिटीको बैठक केहीबेर बसेर नेकपा स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक भोलि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमै बस्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्