समाज

सांसद एवं कांग्रेस नेतृ छन्त्यालको निधन, को हुन् छन्त्याल ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १७ गते १२:४७
सांसद एवं कांग्रेस नेतृ छन्त्यालको निधन, को हुन् छन्त्याल ? (भिडियोसहित)

१७ असार, २०७७ काठमाडौं । प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसकी नेतृ ज्ञानकुमारी छन्त्यालको निधन भएको छ।

उहाँको उपचारका क्रममा आज काठमाडौंस्थित शहिद गंगालाल ह्रदययरोग केन्द्रमा निधन भएको नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो । उहाँको अघिल्लो आइतवार मुटुको ३ वटा भल्ब ब्लक भएपछि शल्यक्रिया गरिएको थियो।

उहाँको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ । छन्त्याल मुटुमा समस्या देखिएपछि प्रतिनीधिसभाको नयाँ नक्सा निशान छापमा समावेशन गर्ने सम्बन्धी बैठकमा सहभागी हुनु भएको थिएन ।

उहाँ २०७० सालको संविधान सभा चुनावमा बागलुङबाट प्रत्यक्ष निर्वाचित हुनु भएको थियो । त्यसपछिको निर्वाचनमा कांग्रेसले समानुपातिकबाट प्रतिनिधिसभा सांसद बनाएको थियो।

छन्त्यालका श्रीमान, दुई छोरा र दुई छोरी छन्। छन्त्यालको निधन भएपछि कांग्रेसले आजका लागि तय भएको केन्द्रीय कार्य समितिको बैठक र संसदीय दलको बैठक स्थगित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *