खेलकूद

बार्सिलोनाको स्पेनिस ला लिगा उपाधि होड थप कठिन

हिमालय टिभी
२०७७ असार १७ गते ८:२४
बार्सिलोनाको स्पेनिस ला लिगा उपाधि होड थप कठिन

१७ असार, २०७७ काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको उपाधि होड थप कठिन भएको छ ।

गएराति एट्लेटिको मड्रिडसँग २(२ गोलको बराबरी खेलेसँगै उपाधि होडमा रहेको बार्सिलोनालाई गम्भीर धक्का लागेको हो । घरेलु मैदान नाउ क्याम्पमा बराबरी खेलेसँगै बार्सिलोनाको शीर्ष स्थानमा फर्कने मौका समेत गुमेको छ ।

डिएगो कोस्टाको आत्मघाती गोलसँगै बार्सिलोनाले ११ औं मिनेटमा अग्रता बनाएको थियो । लियोनल मेस्सीको प्रहारलाई एट्लेटिकोका डिएगो कोस्टाले आफ्नै पोष्टमा गोल गरेका थिए ।

लगत्तै १९ औं मिनेटमा एट्लेटिको सौल निगुएजले पेनाल्टीमार्फत गोल गर्दै खेल १(१ गोलको बराबरी गरे । अर्टुरो भिडालले यानिक काराक्कोलाई डिबक्समा लगाएपछि पाएको पेनाल्टीलाई निगुएजले गोल गर्न सफल भएका थिए ।

त्यसपछि मेस्सीले ५० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । एट्लेटिकोका फिलिपले नेल्सन सेमेडोलाई डिबक्समा लडाएपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो । तर ६२ औं मिनेटमा निगाजले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै खेल २(२ गोल बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

बराबरीपछि बार्सिलोनाको ३३ खेलमा ७० अंक रहेको छ । उता शीर्ष स्थानको रियल मड्रिडले ३२ खेलबाट ७१ अंक जोडेको छ । यस्तै मेस्सीले आफ्नो फुटबल करियरमा ७ सय गोल पूरा गरेका छन् ।

बार्सिलोनाका सर्वाधिक गोलकर्ता समेत रहेका मेस्सीले क्लब र देशका लागि ७ सय गोल पूरा गरेका हुन् । पेनाल्टी गोलसंगै मेस्सीले बार्सिलोनाका लागि ७ सय २४ खेलमा ६ सय ३० गोल पुरा गरे । ला लिगा नै भएका अन्य खेलमा मालोर्काले सेल्टा भिगोमाथि ५(१ र सेभियाले लेगानेसमाथि ३(० को जित निकालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्