समाज

तराईमा देखिने डेंगी उपत्यका मात्र होइन पहाडमा पनि (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १६ गते १७:४५
तराईमा देखिने डेंगी उपत्यका मात्र होइन पहाडमा पनि (भिडियोसहित)

१६ असार, २०७७ काठमाडौं । कोरोना भाइरससँग जुधिरहेको देशमा डेंगीको प्रकोप बढेको छ । कुनै बेला तराईका जिल्लामा मात्र देखिने गरेको डेँगी अहिले काठमाडौंमा मात्र हैन, हिमाली जिल्लामा पनि देखिने गरेको छ ।

गत पुसयता देशका विभिन्न जिल्लामा गरेर १ सय जनामा डेँगी देखिएको छ । रुपन्देहीमा सबैभन्दा धेरै १९, म्याग्दीमा १४, कास्कीमा ११ र काठमाण्डौं उपत्यकामा समेत ६ जनामा डेँगी देखिएको छ ।

लामखुट्टे भेटिने तराईँ र भित्री मधेसमा डेँगी देखिनु सामान्य भए पनि पछिल्ला वर्षमा हिमाली जिल्लामा पनि डेँगी देखिने गरेको छ । पोहोर देशका ६८ जिल्लामा डेँगीका विरामी भेटिएका थिए । एडिज एजेप्टाई नामको पोथी लामखुट्टेको टोकाइबाट डेँगी लाग्छ ।

डेंगी लागेपछि ज्वरो आउने, हाडजोनी दुख्ने, रक्तश्राव हुन्छ । विरामी बेहोश भएर डेगींबाट ज्यानै जान सक्ने खतरा पनि हुन्छ ।

लामखुट्टेको टोकाइबाट जोगिनु नै डेँगीबाट बच्ने उपाय हो । त्यसका लागि घर वरपर सफासुग्घर राख्नुपर्छ । लामखुट्टेले पानी जमेको ठाउँमा फुल पार्ने भएकाले घरवरिपरी पानी जम्न दिनुहुँदैन ।

डेंगी सार्ने लामखुट्टे रातीको समयमा निस्कृय रहन्छ र दिउँसो सक्रिय हुन्छ । त्यसैले दिउँसोको समयमा घरबाहिर निस्किँदा पनि पूरा बाउला भएको लुगा लगाउनु पर्छ ।

कोरोना संक्रमणबाट जोगिन हामीले जसरी सावधानी अपनाइरहेका छौँ । डेँगीबाट बच्न पनि त्यस्तै सावधानी अपनाउन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *