समाज

अज्ञात समूहको सांघातिक आक्रमणबाट वडाध्यक्ष गम्भीर घाइते

हिमालय टिभी
२०७७ असार १६ गते १६:१९
अज्ञात समूहको सांघातिक आक्रमणबाट वडाध्यक्ष गम्भीर घाइते

१६ असार, २०७७ दाङ । अज्ञात समूहको सांघातिक आक्रमणबाट दाङ शान्तिनगर गाउँपालिका–२ का वडाध्यक्ष फर्साराम डाँगी गम्भीर घाइते हुनु भएको छ ।

मंगलबार बिहान ११ ः ४० बजेतिर अज्ञात समूहले कार्यकक्ष मै साघातिक आक्रमण गर्दा डाँगीको टाउको र खुट्टामा गम्भीर चोट लागेको हो । उनको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

डाँगीलाई ४–५ जनाको समूहमा आएका ब्यक्तिहरुले दाउरा र रडले आक्रमण गरेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै विप्लव समूहको पर्चा समेत भेटिएको भन्दै यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *