Political Hightlights

नागरिकता विधेयकको विभेदकारी व्यवस्था हटाउन माग गर्दै जसपाद्वारा प्रदर्शन

हिमालय टिभी
२०७७ असार १६ गते १४:५५
नागरिकता विधेयकको विभेदकारी व्यवस्था हटाउन माग गर्दै जसपाद्वारा प्रदर्शन

१६ असार, २०७७ काठमाडौं । नागरिकता विधेयकका विभेदकारी प्रावधान हटाउन माग गर्दै जनता समाजवादी पार्टीले आज (जसपा) ले प्रदर्शन गरेको छ ।

जसपा ९राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी० का शीर्ष नेताहरु नागरिकता विधेयकको विरोधमा सडकमा उत्रिएका हुन् ।

विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने विदेशी ज्वाईलाई नागरिकता नदिने प्रावधान विरुद्ध प्रदर्शन गरिएको जसपाले जनाएको छ ।

माइतीघरबाट बाजागाजासहित बानेश्वरसम्म गरिएको प्रदर्शनका क्रममा उनीहरुले जातीय विभेद अन्त्य गर्नुपर्ने, नागरिकता विधेयकका विभेदकारी प्रावधान खारेज गर्नुपर्ने भन्दै नारा समेत लगाएका थिए ।

प्रदर्शनमा डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव लगायतका उच्च पदस्थ नेता र कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्