Political Hightlights

महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

हिमालय टिभी
२०७७ असार १६ गते १०:१६
महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

१६ असार, २०७७ काठमाडौं । पार्टीको १४ औं महाधिवेशनबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।

पार्टी कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने बैठकमा यही वर्षको फागुन ७ देखि १० सम्मका लागि तय भएको पार्टी महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल हुने छ ।

आइतबार बसेको पदाधिकारी बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले कार्यतालिका हेरफेरको मस्यौदा केन्द्रीय समितिमा पेश गर्ने एजेण्डा पेश गर्नुभएको थियो । आगामी फागुन ७ को मितिलाई हेरफेर नगर्ने गरी कार्यतालिकामा भने परिवर्तन् हुने सम्भावना रहेको छ ।

आगामी फागुनमा महाधिवेशन पूर्व स्थानीय तह, प्रदेश र केन्द्रको अधिवेशनका लागि आवश्यक तयारी गर्नुपर्ने भएकाले आजको बैठकले निर्णय लिने छ । कोरोनाको महामारीबीच कसरी तल्ला समितिहरुको अधिवेशन गर्ने भन्ने निर्णय हुनेछ ।

कांग्रेसको वर्तमान कार्यसमितिको चारवर्षे म्याद गत फागुनमा नै सकिएको हो । समयमा महाधिवेशन गर्न नसकेपछि विधानअनुसार एक वर्ष थपिएको म्यादसँगै फागुन ७(१० काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यातालिका बनाएको कांग्रेसले त्यसअघी सबै तयारी सक्नुपर्ने हुन्छ ।

क्रियाशिल सदस्यता र महाधिवेशन प्रतिनिधि चयन पनि विवादीत बन्न सक्ने देखिएकाले आजको बैठकले आवश्यक थप कार्यविधी बनाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्