Political Hightlights

नेकपा स्थायी कमिटी बैठक आज पुनः बस्दै

हिमालय टिभी
२०७७ असार १६ गते १०:१२
नेकपा स्थायी कमिटी बैठक आज पुनः बस्दै

१५ असार, २०७७ काठमाडौं । गत साता सुरु भएर दुई दिन स्थगित भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ ।

बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीले तय गरेका ७ वटा एजेण्डामाथि छलफल हुनेछ । दुईदिनसम्म सिमा विवाद र नेपालको नयाँ नक्सामा छलफल भएको थियो ।

यो विषयमा बोल्न बाँकी सदस्यले धारणा राखिसकेपछि कोरोना भाइरसको माहामारिको एजेण्डामा छलफल शुरु हुने पार्टी प्रवक्ता नारायणाकाजी श्रेष्ठले जानकारी दिनुभयो । तर अव बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषयमा पनि छलफल केन्द्रित हुनसक्ने नेकपाका नेताहरुले बताएका छन्।

बैठकमा प्रधानमन्त्रीको राजीनामाबारे छलफल गर्ने कुनै एजेन्डा थिएन। तर, आइतबार प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारत र नेपालका शक्ति लागिपरेको आरोप लगाएपछि छलफल अब राजीनामाको विषयमा केन्द्रित हुने एक स्थायी समिति सदस्यले बताएका छन् ।

यसअघि अध्यादेश प्रकरणका बेला नेकपाको सचिवालयमा ओलीको राजीनामा मागिएको थियो। तर, उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेर ओलीले राजीनामाको मुद्दा मत्थर पार्नु भएको थियो । लगत्तै नयाँ नक्सा जारी गर्ने प्रक्रिया सुरु गरेपछि प्रधानमन्त्री ओलीको शक्ति वृद्धि भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्