Main News

लकडाउनको जारी मोडललाई साउन ७ गतेसम्म जारी राख्ने सरकारको निर्णय

हिमालय टिभी
२०७७ असार १६ गते १०:०५
लकडाउनको जारी मोडललाई साउन ७ गतेसम्म जारी राख्ने सरकारको निर्णय

१६ असार, २०७७ काठमाडौं । सरकारले लकडाउनको जारी मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

प्रदेश, जिल्ला र स्थानीय तहले ठाउँअनुसार कडाई र खुकुलो बनाउन सक्ने तर निर्णय गर्दा केन्द्रसँग समन्वय गर्नुपर्ने व्यवस्था मिलाईएको छ । अब साउन ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन् निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्नेछन् । उद्दार बाहेकका सबै हवाई उडान पनि बन्द हुनेछन् ।

विद्यालय तथा शैक्षिक संस्थाहरू पनि बन्द नै रहनेछन् । सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।

रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिने छ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरू बन्द नै रहनेछन् ।

लकडाउन खुकुलो भएपपछि जनजीवन सामान्य बन्दै गएको तर स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको सरकारको निष्कर्ष छ ।

बैठकले सोसल डिस्ट्यान्स, मास्क र स्यानिटाइजर प्रयोगलाई कडाईपूर्वक लागू गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या बढेकाले नाकाहरुमा कडाई गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *