Main News

कपिलवस्तुमा सलहको प्रकोप, किसानको बालीमा क्षति (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १५ गते १९:५०
कपिलवस्तुमा सलहको प्रकोप, किसानको बालीमा क्षति (भिडियोसहित)

१५ असार, २०७७ कपिलवस्तु । कपिलवस्तुका विभिन्न क्षेत्रमा सलहको ठूला झुण्ड देखिएका छन् । बुद्धभूमि, शिवराज र कपिलवस्तु नगरपालिका क्षेत्रमा सलह देखिएको हो ।

कपिलवस्तुमा १० लाखभन्दा धेरै संख्याको सलहको झुण्ड प्रवेश गरेको अनुमान छ । सलहले कपिलवस्तुका किसानको खेतिपाती नष्ट गरिरहेको छ । फल्न थालेको तरकारी सलहले नष्ट गर्दा किसानलाई लाखौंको नोक्सानी भएको छ ।

कपिलवस्तु बुद्धभूमि नगरपालिकाका बुद्धिराम केवट । आफ्नो बारीमा पसेका सलह धपाउन उहाँ थाल ठटाउँदै हुनुहुन्छ ।

उहाँको बारीका तरकारीका डाँठसमेत खाएर सलहले त्यही विष्ट्याएको छ । लकडाउनको बेला रोपेको तरकारी फल्न थालेको थियो । यो तरकारी बेचेर लकडाउनको बेला भएको घाटा पूर्ति गरौँला भनेर मख्ख परेका किसान त्यो सलहले एक रातमा तरकारी सखाप पारे पछि चिन्तित छन् ।

सलहले बुद्धभुमी नगरपालिका वडा नम्बर १० लोहरौलाका किसानको १० कठ्ठा जमिनमा फलेको तरकारी नष्ट पारेको छ । सलहले कपिलवस्तु नगरपालिका, बुद्धभुमी नगरपालिका र शिवराज नगरपालिकाका बिभिन्न ठाउँमा पनि खेतिबाली नष्ट गरेको छ ।

तरकारी बारीमा सलह चरिरहँदा कतिपय किसान खेतमा रोपाइँमा थिए । त्यसैले सबैले सलहलाई धपाउन समेत पाएनन् ।

लकडाउनमा तरकारी खेतमै कुहाएका किसानले लकडाउनकै बेला रोपेको तरकारी टिप्न ठिक्क भएको थियो । बजारमा मूल्य पनि राम्रै थियो । तर किसानले त्यो तरकारी टिपेर बेच्न पाएनन् । लकडाउनले नोक्सानीमा परेका किसानमाथि सलह अर्को विपत बनेर आयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *