Main News

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या २९ पुग्यो

हिमालय टिभी
२०७७ असार १५ गते १५:०७
कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या २९ पुग्यो

१५ असार, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक संक्रमितको गएराती मृत्यु भएको हो ।

रौतहटका २९ वर्षीय पुरुषको उपचारका क्रममा गएराती मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । कार्यालयका अनुसार दमका विरामी उनमा परीक्षणका क्रममा संक्रमण देखिएको थियो ।

अस्पतालमा अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखिएको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *