Main News

दार्चुला र सुर्खेतमा पहिरोमा परिएर तीन जनाको मृत्यु, ६ जना घाइते

हिमालय टिभी
२०७७ असार १५ गते ११:२३
दार्चुला र सुर्खेतमा पहिरोमा परिएर तीन जनाको मृत्यु, ६ जना घाइते

१५ असार, २०७७ सुर्खेत । पहिरोले पुरिएर दार्चुला र सुर्खेतमा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

दार्चुलाको नौगाड गाउँपालिका–४ होपरीमा पहिरोले घर पुरिएर चन्द्रसिंह महता र उहाँका छोरा चार वर्षीय सुशान्त महताको मृत्यु भएको हो । पहिरोमा परेर ५ जना घाइते भएका छन् ।

घाइते मध्य चनमती महताको अवस्था गम्भीर छ । आइतबार राति जलविद्युतको नहर भत्किँदा गएको पहिरोले अन्य ३ घरमा पनि क्षति पुर्‍याएको छ ।

यसैगरी, पश्चिम सुर्खेतको बावियाचौरमा रहेको खमारी खोला जल विद्युत आयोजनामा आज बिहान पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

पहिरोमा पुरिएर बेपत्ता भएकी पञ्चपुरी नगरपालिका वडा नम्बर ६ भावर की ४७ वर्षकी नन्दा पुलामीको बिहान ८ बजे शव फेला परेको हो ।

पहिरोले सामान्य घाइते भएका नन्दाका श्रीमान डम्मर पुलामीको प्रदेश अस्पतालमा उपचार भइरहेको जल विद्युत आयोजनाका अध्यक्ष जीवन ढुंगानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *