Main News

सुदूरपश्चिम प्रदेश सरकारले १ किलो सलह ल्याउनेलाई २५ रुपैयाँ दिने

हिमालय टिभी
२०७७ असार १५ गते ७:५९
सुदूरपश्चिम प्रदेश सरकारले १ किलो सलह ल्याउनेलाई २५ रुपैयाँ दिने

१५ असार, २०७७ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सलह किरा नियन्त्रणका लागि प्रोत्साहन स्वरुप प्रति किलो २५ रुपैयाँ दिने भएको छ ।

प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक किलो सलह किरा ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको हो ।

सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा सङ्कलन गरेर वडा कार्यालयमा बुझाउनेलाई एक किलोको २५ रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले बताउनुभयो ।

यसअघि प्रदेश ५ सरकारले पनि प्रति किलो २० रुपैयाँका दरले रकम दिने निर्णय गरेको थियो ।

नेपाल प्रवेश गरेको सलह यतिबेला तराई र पहाडका विभिन्न जिल्लामा फैलिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *