Main News

बालीनालीमा पस्यो सलह, किसानको सलह भगाउने प्रयास असफल (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १४ गते २०:२२
बालीनालीमा पस्यो सलह, किसानको सलह भगाउने प्रयास असफल (भिडियोसहित)

१४ असार, २०७७ बुटवल । शनिबार नेपाल छिरेको सलह देशका विभिन्न ठाउँमा फैलिरहेको छ । तर रुपन्देहीको सैनामैनाको भरतपुर टोलमा भने पछिल्लो २४ घन्टादेखि सलहको बथान अड्डा जमाएर बसेको छ । स्थानीय बासिन्दाले सलह धपाउन धेरै प्रयास गरे तर सफल भएनन् ।

रुपन्देहीको सैनामैना नगरपालिकाको भरतपुर टोलका बासिन्दाको दैनिकी फेरिएको छ । उनीहरु सलह धपाउन व्यस्त छन् । अग्ला अग्ला आँपका रुखमा बसेका सलह धपाउन उनीहरुले भाटाले रुखका हाँगा हल्लाउने गरेका छन् ।

रुखमा बसेका सलह जमिनमा ओर्लिएर धान र मकैका पात खान थालेपछि किसान झनै चिन्तित छन् ।

सलहले बाली नाली नष्ट गरेको तर उसलाई धपाउन नसकेपछि अब किसानलाई खेतिपाती गरेर खानै सकिन्न कि भन्ने लागेको छ ।

उनीहरुले आगो बालेर, थाल ठटाएर सलहलाई भगाउँदै आएका छन । उनीहरु खेतबारीमा पसेर सलह बसेको ठाउँमा दौडिन्छन् । तर पनि सलह भागेको छैन । सलह भगाउन किसानले गरेका बै प्रयास असफल भएका छन् ।

किसानले गरेका प्रयास असफल भएपछि विज्ञहरुले कृषि प्राविधिकलाई पनि मैदानमा उत्रिन आग्रह गरेका छन् । तत्काल नियन्त्रणको प्रभावकारी कदम चाल्न उनीहरुको सरकारलाई आग्रह पनि छ ।

कृषि मन्त्रालयमा विज्ञहरुले सलह सानो बथानमा रहेको र त्यसबाट त्यति धेरै जोखिम नरहेको निष्कर्ष निकाले पनि किसानको खेतबारीमा जोखिम देखिन थालिसकेको छ । र किसानले जोखिम आँकलन गर्न थालिसकेका छन् । त्यसैले यसको नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *