Main News

प्रदेश २ र ५ मा सलह आतंक सुरु, सलह समात्नेलाई नगद

हिमालय टिभी
२०७७ असार १४ गते ७:३५
प्रदेश २ र ५ मा सलह आतंक सुरु, सलह समात्नेलाई नगद

१४ असार, २०७७ काठमाडौं । नेपालमा पनि सरकारको अनुमानविपरीत सलह किराको प्रकोप भित्रिएको छ । सलहले प्रदेश २ र प्रदेश ५ का सीमावर्ती जिल्लामा विश्वंस मच्चाउन सुरु गरिसकेको छ ।

रुपन्देही, पाल्पा, दाङ, पर्सा, बारा, सर्लाही लगायतका जिल्लामा सलहले बालिनालीमा नोक्सानी गरिरहेको छ । कपिलवस्तु, सिन्धुली लगायतका जिल्लामा पनि सानो संख्यामा यो किरा देखिएको छ ।

नेपालमा आएको बथानबारे अनुसन्धान शुरु भएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयका अधिकारीले यसको नियन्त्रणका लागि पाकिस्तानी विज्ञसहितको टोलीसँग भर्चुअल बैठक समेत गरेका छन् ।

मन्त्रालयका अधिकारीले नेपालमा भित्रिएको सलहबारे अध्ययन गर्न विज्ञलाई फिल्डमा खटाइसकेको समेत बताएका छन् । रुपन्देहीको आकाशमा हिजो दिउँसो किराको झुण्डले भरिएको थियो । बुटवलबाट यो बथान फश्चिम तिर लागेको छ । एक्कासी सलहले बालिनाली खान थालेपछि रुपन्देहीका किसान चिन्तित छन् ।

कृषिको अन्न भण्डार मानिने प्रदेश २ र ५ मा सलहले बढी क्षति पुर्याउने चिन्ता हुन थालेको छ । यसको रोकथाम र नियन्त्रणका लागि प्रदेश ५ सरकारको तयारी कस्तो छ । यस विषयमा कुरा गर्नका लागि प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ ।

केहिदिन देखि दक्षिणबाट उत्तरतर्फ बगेको हावाको बेगले सलह भारतको विहार हुँदै नेपाल ल्याएको हो । फट्याङग्रा जातको यो किराको एक समुह अफ्रिकाबाट विभिन्न मुलुक भएर भारत प्रवेश गरेको थियो ।

भारतका विभिन्न राज्यमा यसले बालि खाएर ठुलो नोक्सानी पुर्याअएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले गठन गरेको विशेष कार्यदलले यो वर्ष नेपालमा सलह किराको प्रकोप नदेखिने निष्कर्ष निकालेको थियो । तर मन्त्रालयको निष्कर्ष गलत सावित भएको छ । नेपालमा पचास वर्षअघि पनि सलह आएको थियो ।

यस्तो छ सलह नियन्त्रण प्रयास
नेपालमा सलह किरा प्रवेश गरेसँगै नियन्त्रणका लागि विभिन्न प्रयासहरु पनि थालिएको छ ।

प्रदेश ५ मा सलह किरा जम्मा गर्नेको किरा प्रदेश सरकारले किनिदिने भएको हो । प्रदेश सरकारले सलह किरा जम्मा पार्ने जो कोहिबाट प्रतीकिलो २० रुपैयाको दरमा किन्ने निर्णय गरेको प्रदेश ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले रातीमा बस्ने र दिउँसो मात्र हिड्ने भएकोले समात्न सकिने बताउनुभयो । किसानले जम्मा पारेका सलहलाई वडा कार्यालयमा दिएर तुरुन्तै नगद लिएर जाने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

सलह किरा देखिएमा मालाथिन र क्लोरपाईरिफोस नामक विषदी प्रयोग गर्न मन्त्रालयले सुझाव दिएको छ । मालाथिन ३ मिलिलिटर प्रति लिटर र क्लोरपाईरिफोस २ मिलिलिटर प्रति लिटर प्रयोग गर्न मन्त्रालयले शुझाब दिएको हो ।

यस्तै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले तत्काल धानको बिउ नरोपेका किसानहरुले व्याड ढाकेर बिउ जोगाउन आग्रह गर्नूभएको छ ।

उहाँले बिउ जोगिएमा उत्पादनमा फरक नपर्ने बताउँदै आ–आफ्नो क्षेत्रबाट सबैले सलह भगाउने वा छोप्ने व्यवस्था मिलाउन आग्रह गर्नूभयो । कीरा समातेर नष्ट गर्नु वा हाँस, कुखुरा, माछा र सुंगुरको दानाको रुपमा प्रयोग गर्नु उपयुक्त हुने उहाँको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *