Political Hightlights

महाकाली सन्धीका सन्दर्भमा नेतृत्वले माफी माग्नुपर्ने नेता बामदेव गौतमको माग

हिमालय टिभी
२०७७ असार १३ गते १९:२७
महाकाली सन्धीका सन्दर्भमा नेतृत्वले माफी माग्नुपर्ने नेता बामदेव गौतमको माग

१३ असार, २०७७ काठमाडौं । नेकपा स्थायी कमिटी बैठकमा उपाध्यक्ष बामदेव गौतमले भारतसँगको महाकाली सन्धिलाई लिएर नेतृत्वले माफि माग्नु पर्ने बताउनुभएको छ ।

बैठकमा आज सीमा समस्याबारेको छलफलका क्रममा उपाध्यक्ष गौतमले सन्धीको विपक्षमा रहँदा तत्कालीन एमालेले आफुलाई कारवाही गरेको स्मरण पनि गराउनुभयो ।

उहाँले कारवाही गरेकोमा त्यतिबेलाका नेताले माफि मागेर आफुलाई न्याय दिनुपर्ने समेत बताउनुभएको थियो । सन्धिका बेला पार्टीको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाललाई देखाउँदै उहाँले आफुमाथिको कारवाहीको प्रसंग निकाल्नुभएको थियो ।

त्यहि कारवाहीले पार्टी विभाजन समेत भएको भन्दै उपाध्यक्ष गौतमले त्यतिबेला गल्ती भएको स्वीकार गर्नुपर्ने बताउनुभएको एक सदस्यले जानकारी दिए ।

बैठकमा नेता गौतमले आफूहरुले महाकाली नदीको मुहान लिम्पियाधुरा हो भनेर प्रष्ट पार्नुपर्छ भन्दा कारबाही गरेको प्रसंग पनि कोट्याउनुभयो । उहाँले कालापानीबाट भारतीय सेना नहटाएसम्म भूमि फिर्ता हुन नसक्ने भन्दै त्यसतर्फ लाग्न सरकारको ध्यानाकर्षण समेत गराउनुभएको थियो ।

सीमा समस्याबारे आज २१ जना सदस्यले धारणा राखेका छन् । आज बोल्ने सदस्यले राष्ट्रिय एकताद्धारा नै भारतले मिचेको भूमि फिर्ता ल्याउनुपर्ने बताएका थिए ।

बैठकमा मणि थापा र टोपबहादुर रायमाझीले भारत भूमि फिर्ताका लागि तयार नभए युद्दको तयारी समेत गर्नुपर्ने बताउनुभएको थियो । बैठक आगामी १६ गते फेरी बस्ने गरी स्थगित भएको छ । आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली केहिवेरमात्रै सहभागि हुनुभएको छ ।

हिजो बैठकमा नआएपछि सदस्यले चर्को आलोचना गरेका थिए । आज सुरुमा केहिवेर बसेर काम परेको भन्दै उहाँ उठ्नुभएको थियो । नेकपा बैठकमा पार्टी र सरकारको मुल्याङन्, अमेरिकी सहयोग कार्यक्रम एमसीसी, कोरोनाविरुद्ध सरकारले चालेको कदम, नागरिकता विधेयक र रुकुम घटना लगायतका विषयमा छलफल गर्नेगरी एजेण्डा तय गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्