समाज

कोरोना कहरबीच सलहको त्रासः कहाँबाट सल्कियो नेपालमा सलह ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १३ गते २०:०६
कोरोना कहरबीच सलहको त्रासः कहाँबाट सल्कियो नेपालमा सलह ? (भिडियोसहित)

१३ असार, २०७७ काठमाडौं । करोडौंको संख्यामा हुल बाँधेर नेपाल छिरेका सलहले अन्नबालीमा क्षति गर्न थालिसकेका छन् । यो सलह कहाँबाट आयो र यसले नेपालमा के कस्तो क्षति गर्छ ? अनि रोकथाम गर्न सरकारको तयारी के छ ?

सलह किराले अन्नबालीका हरिया पात मात्र हैन, बालीको डाँठ र बोक्रा समेत खान्छन् । यी किराले जनावरलाई पनि टोक्ने गरेका छन् । पछिल्लो समय अफ्रिकी देश केन्या, सोमालिया, तान्जेनिया, युगान्डा, दक्षिण सुडान, इथियोपिया लयायतका देशमा यी किराले ठूलो क्षति गरेका छन् ।

शनिबार बिहान रुपन्देही, बारा र सर्लाहीमा देखिएको सलह हावा बगेको दिशामा उड्छन् । त्यसैले यिनीहरु अब कता जान्छन् एकीन छैन । तर सलह जता पुग्छ । त्यसले रुखका डाँठसमेत बाँकी राख्दैन भने भर्खर रोपेको धान र बारीका लहलह मकै जोगिने कुरै छैन । तीब्र गतिमा उड्ने यो किरा देशभर फैलिए तीन चार दिनभित्र नेपालको पुरै कृषिबाली सखाप पर्न सक्नेछ । यसले हाम्रो कृषि प्रणालीमै ठूलो असर गर्ने खतरा छ ।

यो किरा विषेश गरि असारदेखि असोजसम्म सक्रिय रहने भए पनि गत बैशाखमा नै यसको खतरा देखिएको थियो । वैशाखमा भारतको उत्तरप्रदेशसम्म सलह आएको जानकारी पाएपछि कृषि मन्त्रालयले सलहको जोखिमबारे अध्ययन गर्न कार्यदल गठन गर्यो । तर कार्यदलले नेपालमा सलह प्रवेशको जोखिम टरेको प्रतिवेदन दियो ।

मनसुन सुरु भएको, उत्तर प्रदेशबाट सहल दक्षिण पश्चिमतिर लागेको र नेपालमा पनि मनसुन शुरु हुने भएकाले सलहको जोखिम नरहेको कार्यदलको प्रतिवेदन थियो । तर त्यो प्रतिवेदन सार्वजनिक भएको र किसानले ढुक्कको सास फेरेको २२ दिनपछि नेपालका सलह देखियो ।

अहिले देखिएका सलह किरा पहिलाको भन्दा ठूला छन् । यसको आकार पछिल्लो ७० वर्षमा २० प्रतिशतले बढेको बैज्ञानिकले बताएका छन् । जैविक विधि, बालीमा परिवर्तनका उपाय पनि फलदायी देखिएका छैनन् । त्यसैले सुरक्षित विषादी नै अहिलेसम्मको उत्तम उपायका रुपमा हेरिएको छ ।

तर सरकारले सलह नआउने निष्कर्ष निकालेका कारण विषादीलगायतका आवश्यक तयारी गरेको छैन । पूर्व तयारी नभएका कारण सलहबाट ठुलो क्षति हुनसक्ने संभावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *