Main News

स्वास्थ्य मन्त्रालयले भन्यो–कुनै रिमुभर कार्डले कोरोनाबाट जोगाउँदैन (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १३ गते १८:३६
स्वास्थ्य मन्त्रालयले भन्यो–कुनै रिमुभर कार्डले कोरोनाबाट जोगाउँदैन (भिडियोसहित)

१३ असार, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेकपा नेताहरुले लगाएका भाइरस रिमुभिङ कार्डले कोरोना भाइरसको संक्रमणबाट नजोगाउने प्रष्ट पारेको छ ।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले त्यस्ता कार्डमा रहेका रसायनले मुटु, फोक्सा लगायतमा अंगमा गम्भीर असर पार्नसक्ने चेतावनी दिनुभएको छ ।

उहाँले हालसम्म कोरोनाको कुनै पनि औषधि पत्ता नलागेको र यसको अनुसन्धान भइरहेको भन्दै भ्रमको पछि नलाग्न सरकारले अपिल गरेको हो ।

नेपाल कम्यूनिष्ट पार्टी नेकपाका नेताहरुले घाँटीमा झुण्ड्यार भाइरस रिमुभिङ कार्ड लगाउने गरेका छन् । बालुवाटारमा नेकपा स्थायी कमिटी बैठकमा नै यो कार्ड लगाएर केही नेता पुगेपछि कोरोना धपाउने जन्तर लगाएको भन्दै आलोचना भएको थियो ।

नेकपा स्थायी कमिटीका सदस्यहरुले नेता माधवकुमार नेपालले यो जन्तर दिएको बताएका छन् । चिनियाँ कम्पनीले निर्माण गरेको यो जन्तरको मुल्य ८ सय रुपैयाँसम्म पर्ने गरेको पाइएको छ । व्यापारीले प्रभावमा पार्न नेताहरुलाई यो जन्तर दिएर यसको व्यापार गर्न खोजेको अनुमान छ ।

महिनौदेखि बन्द रहेका विद्यालयमा सम्पर्क गरी केही व्यापारीले यस्ता जन्तर बिकाउने प्रयास पनि गरेका छन् । त्यसैले स्वास्थ्य मन्त्रालयले नै यो कार्डले कोरोना भाइरसबाट नजोगाउने स्पष्ट पारेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *