आर्थिक

बाख्रा पालनबाट आत्मनिर्भर बन्दै दाङका युवा (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १३ गते १८:११
बाख्रा पालनबाट आत्मनिर्भर बन्दै दाङका युवा (भिडियोसहित)

१३ असार, २०७७ दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १६ फचकलुवामा ३ युवाले झण्डै डेढ करोड लगानीमा बोयर जातका बाख्रा पालन ब्यवसाय शुरु गरेका छन । डि।के। एग्रो प्रालि फर्म दर्ता गरी खगेन्द्र राना, दिपेन्द्र वली र लोकेन्द्र रानाले बाख्रापालन थालेका हुन् । कोरोना संकट र लकडाउनले उनीहरुको व्यवसाय विस्तारमा समस्या आएको छ ।

तीन युवाले शुरु गरेको फर्ममा ५० देखी १ सय प्रतिशतका ३५ वटा बोयर जातका बाख्रा छन । डि।के। एग्रो प्रालिका सञ्चालकले १ विगाहा आफ्नो र ६ विगाह जमिन भाडामा लिएर बाख्रा पालन थालेको हो । बाख्राको संख्या थपिहाल्ने योजना थियो तर लकडाउनले ब्रेक लगायो । कोरोना संकट सकिएपछि २ सय बाख्रा थप्ने सञ्चालकको योजना छ ।

खगेन्द्रले पहिलो पटक चितवनमा रहेका बोयर जातको बाख्रा पालन ब्यवसाय हेरेपछि उर्जावान भएर यसमा आकर्षित हुनुभयो । कम लगानीमा शुरु गर्ने भनिए पनि राम्रो ब्यवसाय गर्न सकिने भएपछि लगानीको ग्राफ बढ्दै गएको छ । अहिलेसम्म भौतिक संरचनादेखि बाख्रा किन्दासम्म करिब डेढ करोड लगानी भइसकेको सञ्चालकको दाबी छ ।

बोयर जातको बाख्राको मूल्य प्रतिशतका आधारमा तय गरिन्छ । ७५ प्रतिशत बोयर जातलाई जिउँदो प्रतिकिलो २५ सय पर्छ । यो जातको बाख्रा वर्षदिनमा १ सय २० किलोसम्म हुन्छ । बाख्रा पालनबाट राम्रो आम्दानी हुने सञ्चालकको विश्वास छ । त्यो भन्दा पनि कामका लागि विदेश हैन स्वदेशमै गर्न सकिन्छ भन्ने सन्देश पनि दिनुछ यी युवालाई ।

डि।के। एग्रो प्रालिले बाख्रा पालन मात्र नभई फलफुल खेती, कुखुरा पालन गर्ने योजना पनि बनाएको छ । अनि बाख्राको दुधबाट पाउर बनाउने लक्ष्य पनि छ । तर तीन युवाको लक्ष्यमा अहिले कोरोना संकट अवरोधका रुपमा आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *