Main News

यसरी सफल भयो कोरोना संक्रमित दुई जना महिलाको शल्यक्रिया (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १३ गते १८:०१
यसरी सफल भयो कोरोना संक्रमित दुई जना महिलाको शल्यक्रिया (भिडियोसहित)

१३ असार, २०७७ नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा शल्यक्रिया गरिएका दुई जना कोरोना संक्रमित महिला निको भएका छन् । शल्यक्रिया गरेर उपचार गरे पछि कोरोना संक्रमण मुक्त भएका दुबै जना महिलालाई शिक्षण अस्पतालको कोभिड वार्डबाट आइसोलेसन वार्डमा सारिएको छ ।

अछाम, चौरपाटी गाउँपालिकाकी १८ हप्ताकी कोरोना संक्रमित गर्भवती महिलाको आन्द्रमा समस्या देखिए पछि शिक्षण अस्पताल कोहलपुरका विशेषज्ञ चिकित्सकको टिमले जेठ २७ गते शल्यक्रिया गर्‍यो ।

आन्द्रामा समस्या भएकी, गर्भबती र कोरोना संक्रमित भएका कारण जटिल अबस्थामा पुगेकी महिलाको शल्यक्रिया पछि स्वास्थ्यमा सुधार भएको छ । यहीबीचमा उहाँ कोरोना संक्रमणमुक्त पनि हुनुभएको छ । संक्रमित महिलाको पिसिआर परिक्षणमा नेगेटिभ रिपोर्ट आएपछि कोभिड वार्डबाट सारिएको छ ।

स्वास्थ्य अबस्थामा क्रमिक रुपमा सुधार भए पछि संक्रमित महिला र श्रीमानमा पनि उत्साह छ ।

भैरहवाको भीम अस्पतालबाट रिफर भएर आएकी कपिलवस्तु कृष्णनगरकी कोरोना संक्रमित २७ वर्षीय उर्मिला भुजको असार ६ गते शिक्षण अस्पताल कोहलपुरमा शल्यक्रिया भयो । शल्यक्रिया पछि छोरी जन्माएकी भुज र उहाँकी छोरीको अबस्था पनि सामान्य छ । पिसिआर रिपोट नेगेटिभ आएपछि उहाँलाई पनि आइसोलेसन वार्डमा सारिएको छ । निक्कै सास्ती खेपेर भैरहवाबाट सुत्केरी हुन कोहलपुर पुगेकी भुज अहिले निक्कै खुशी हुनुहुन्छ ।

नेपाल सरकारले शिक्षण अस्पताल कोहलपुरलाई कोरोना संक्रमित बिरामीको शल्यक्रिया सहित उपचार हुने लेभल ३ स्तरको अस्पताल घोषणा गरेको छ । यही अनुसार अस्पतालले शल्यक्रियासहितको सेवा दिइरहेको छ ।

शिक्षण अस्पतालले कोरोना संक्रमण सम्बन्धी बिश्व स्वास्थ्य संगठनले निर्धारण गरेका मापदण्ड पालना गरेर कोरोना संक्रमण नभएका र भएका दुबै प्रकारका बिरामीलाई उपचार दिइरहेको छ । शल्यक्रिया गरिएका दुइजना महिला संक्रमणमुक्त भएको खवर यो अस्पतालका लागि मात्रै होइन नेपालको स्वास्थ्य क्षेत्रकै लागि खुसीको कुरा हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *