Main News

नेपाल भित्रियो सलह, बालीनाली नष्ट गर्ने आशंका (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १३ गते १४:३०
नेपाल भित्रियो सलह, बालीनाली नष्ट गर्ने आशंका (भिडियोसहित)

१३ असार, २०७७ काठमाडौं । बारा र सर्लाहीमा सलह किरा भित्रिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको जानकारी दिएको छ ।

सहल किरा भित्रिएपछि बाराको कृषि ज्ञान केन्द्रले प्राविधिक टोली खटाएको छ । सलह किराको समूहले नेपालमा क्षति गरे/नगरेकोबारे जानकारी आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

गत जेठ २४ गते नेपालमा यो वर्ष सलह किराको प्रकोप नदेखिने कृषि तथा पशुपंक्षी मन्त्रालयले गठन गरेको विशेष कार्यदलले निष्कर्ष निकालेको थियो ।

वायुको वेगसँग सापेक्ष भएर उड्ने भएकाले यो वर्ष अफ्रिकाबाट भारतसम्म आइपुगेका सलहको हूल नेपाल आउने खालको मौसमी प्रणाली हाललाई नरहेको कार्यदलको निष्कर्ष थियो। तर बारा र पर्सामा भेटिए पछि किसान चिन्तित भएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *