Political Hightlights

नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दै

हिमालय टिभी
२०७७ असार १३ गते ८:००
नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दै

१३ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । सातवटा एजेण्डा तय गरिएको बैठकमा हिजो नेपालले जारो गरेको नेपालको नयाँ नक्सामा केन्द्रीत रहेको थियो आज पनि त्यही विषयमा बोल्न बाँकी सदस्यले आफ्नो धारणा राख्ने छन् ।

हिजोको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली बैठकमा जानु भएन । पहिलो दिन सरकार र पार्टीमा सहयोग नपाएको गुनासो गरेका प्रधानमन्त्री ओली नआएकोमा स्थायी कमिटी सदस्यले आपत्ति जनाए ।

आफ्नो कुरा राखेर प्रश्नको सामना गर्न प्रधानमन्त्री ओली तयार नभएको भन्दै सदस्यहरु बैठकमै महासचिव विष्णु पौडेलमाथि समेत खनिएका थिए । उनीहरुले ओलीले अराजनीतिक संस्कार देखाएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्