राजनीति

प्रधानमन्त्री ओली स्थायी कमिटी बैठकमा किन उपस्थित भएनन ? नेताहरुले कि ढाँटे ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १२ गते २०:१९
प्रधानमन्त्री ओली स्थायी कमिटी बैठकमा किन उपस्थित भएनन ? नेताहरुले कि ढाँटे ? (भिडियोसहित)

१२ असार, २०७७ काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली आज स्थायी कमिटी बैठकमा जानु भएन । एजेण्डामा छलफल हुने पूर्व निर्धारित कार्यसूचि भएपनि ६ महिनापछि बसेको बैठकमा ओली अुनपस्थित हुनुभयो ।

पहिलो दिन सरकार र पार्टीमा सहयोग नपाएको गुनासो गरेका प्रधानमन्त्री ओली नआएकोमा स्थायी कमिटी सदस्यले आपत्ति जनाए । आफ्नो कुरा राखेर प्रश्नको सामना गर्न प्रधानमन्त्री ओली तयार नभएको भन्दै सदस्यहरु बैठकमै महासचिव विष्णु पौडेलमाथि समेत खनिएका थिए । उनीहरुले ओलीले अराजनीतिक संस्कार देखाएको टिप्पणी गरेका छन ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना धारणा सुनाउन तयारी सहित गएका स्थायी कमिटी सदस्यहरु त्यतिबेला निराश भए, जति बेला उनीहरुले मञ्चमा ओलीलाई देखेनन । ओलीलाई नदेखेपछि उनीहरुले सोधखोज गरे । भीम रावल, रघु पन्त लगायतका नेताले शुरुमै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली खोई भनेर सोधे ।

अचम्मको कुरा कार्यकारी अध्यक्षले आफूलाई ओली किन नआएको भनेर थाहा नभएको आशयको जवाफ दिनुभयो । स्रोतका अनुसार काम परेकोले नआएको भन्ने बुझेको छु भन्ने प्रचण्डको जवाफ थियो । चर्को दबाबपछि महासचिव विष्णु पौडेलले आउनुहुन्छ, बैठक शुरु गर्न भन्नुभएको छ, भनेर जवाफ दिनुभयो । बैठक शुरु भयो ।

अचम्मको कुरा कार्यकारी अध्यक्षले आफूलाई ओली किन नआएको भनेर थाहा नभएको आशयको जवाफ दिनुभयो । स्रोतका अनुसार काम परेकोले नआएको भन्ने बुझेको छु भन्ने प्रचण्डको जवाफ थियो । चर्को दबाबपछि महासचिव विष्णु पौडेलले आउनुहुन्छ, बैठक शुरु गर्न भन्नुभएको छ, भनेर जवाफ दिनुभयो । बैठक शुरु भयो ।

यही बीचमा स्थायी कमिटी सदस्य एवं पर्यटन मन्त्री योगेश भट्टराई बाहिर निस्कनुभयो, र पत्रकारले सोधे प्रधानमन्त्री ओली किन उपस्थित नभएको भनेर रु उहाँले पनि महासचिव विष्णु पौडेलले भित्र अरु नेताहरुलाई भने जस्तै कुनै पनि बेला उपस्थित हुन सक्ने जवाफ दिनुभयो ।

भित्र महासचिव पौडेल नेताहरु र बाहिर योगेश भट्टराईले बाहिर पत्रकारलाई ओली उपस्थित हुने भनेपनि तर ओली आउनुभएन । फेरि सोधिखोजी शुरु भयो–ओली खोई रु देवेन्द्र पौडेल, अष्टलक्ष्मी शाक्य लगायतका नेताले फेरि चासो राखेपछि महासचिव पौडेलले उही जवाफ दिनुभयो आउनुहुन्छ ।

पौडेलले ढाँटेको भन्दै उनीहरु आक्रोशित भए । विरामी हुनुहुन्छ, भने पनि जानकारी दिनुपर्यो, होईन भने देखिएर गए हुन्छ सम्म नेताहरुले भन्न भ्याए । तर अब ओली आउनुहुन्न भन्ने पक्का भएपछि सोध्न छोडे । बैठक चल्यो । बैठक सकियो, स्थायी कमिटी सदस्यहरुले ओलीको नाकमुख देखेनन ।

ओली उपस्थित नभएकोमा स्थायी कमिटी सदस्यहरु आक्रोशित छन, आलोचना सुन्न नचाहेको र कमिटी प्रणालीलाई बेवास्ता गरेको उनीहरुको आरोप छ । अझ राष्टियता जस्तो संवेदनशील मुद्दामा छलफल हुँदा ओलीले उपेक्षा गरेको उनीहरुले टिप्पणी गरेका छन ।

जिम्मेवारी पनि , प्रचण्डलाई कार्यकारी भूमिकाको राम्रोसँग उपयोग गर्न पनि नदिने भन्दै स्थायी कमिटी सदस्यहरुको आक्रोशित छन । जसरी उ्दघाटन शत्रमा ओलीले आफ्नो कुरा राख्नुभयो त्यसैगरी प्रत्येक स्थायी कमिटी सदस्यको कुरा प्रचण्डले जसरी नै ओलीले सुन्नुपर्ने उनीहरुको माग छ ।

तर स्थायी कमिटी सदस्य एवं पर्यटन मन्त्री योगेश भट्टराईका कुरा सुन्ने हो भने ओली सहजै बैठकमा उपस्थित हुने छाँट छैन ।

६ महिना अघि बसेको स्थायी कमिटी बैठकमा पनि सदस्यहरुले बोल्ने बेला ओली बैठकमा जानु भएको थिएन, यसपटक त्यस्तै देखिएको छ । उतिबेला सहेका तर अहिले अलि आक्रोशित देखिएका नेताहरुले यसबारे के गर्छन त्यो भने केही दिन चल्ने बैठकबाटै प्रष्ट हुनेछ । तर यसले नेताहरुबीचको दुरी घट्नुको साटो बढ्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्