Main News

नेपालमा थप ५९३ कोरोना संक्रमित फेला, संक्रमित ११७५५ पुगे, थप १ जनाको मृत्यु

हिमालय टिभी
२०७७ असार १२ गते १६:३२
नेपालमा थप ५९३ कोरोना संक्रमित फेला, संक्रमित ११७५५ पुगे, थप १ जनाको मृत्यु

१२ असार, २०७७ काठमाडौं । नेपालमा आज थप ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पछिल्लो पटक प्रदेश ५ मा धेरै संक्रमित थपिएका छन् । पाल्पामा ७६ र दाङमा ७५ नयाँ संक्रमित पहिचान भएका छन् । काठमाडौंमा पनि नयाँ संक्रमित भेटिएका छन् ।

पछिल्लो पटक ६ हजार ५ सय ३४ जनाको पिसिआर विधिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म २ हजार ६ सय ९८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

मृत्यु हुनेको संख्या २७ पुग्यो
नेपाल कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दाङमा असार ११ गते अचेत अवस्थामा भेटिएकी महिलाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, नजिकै अचेत अवस्था भेटिएकी अन्दाजी २५र३० वर्षकी महिलालाई प्रहरीले उपचारका लागि लगेको थियो । उपचारका क्रममा मृत्यु भएपछि पछि परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । हिजो पनि दुइजनाको मृत्यु भएको थियो ।

थप १० वटा पीसीआर प्रयोगशाला संचालन गरिने

पीसीआर विधिबाट कोरोना परीक्षणका लागि सरकारले थप १० वटा प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको छ ।

पीसीआर परीक्षणको क्षमता बढाउने भन्दै स्वास्थ्य मन्त्रालयले थप प्रयोगशाला स्थापनाको तयारी गरेको हो । मुलुकभर हाल २३ वटा प्रयोगशाला सञ्चालनमा छन् । नयाँ थपिएपछि प्रयोगशालाको संख्या ३३ पुग्ने मन्त्रालयले जनाएको छ ।

मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैंलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा प्रयोगशाला थप गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *