समाज

कोशी ब्यारेजमा पानीको वहाव बढ्दै, २६ वटा ढोका खोलियो

हिमालय टिभी
२०७७ असार १२ गते १४:२७
कोशी ब्यारेजमा पानीको वहाव बढ्दै, २६ वटा ढोका खोलियो

१२ असार, २०७७ इनरुवा । तराई तथा पूर्वी पहाडी क्षेत्रमा वर्षा शुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको छ ।

तीन दिनदेखि लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको वहावमा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आज मध्याह्न १२ बजे गरिएको मापनानुसार कोशी ब्यारेज भएर एक लाख ७६ हजार ५१० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । अहिले कोशी ब्यारेजका २६ ढोका खुुला गरिएको छ ।

बिहीबार बिहान कोशी व्यारेज भएर एक लाख सात हजार क्युसेक प्रतिसेकेन्ड तथा १२ बजे एक लाख १८ हजार क्युसेक प्रतिसेकेन्ड पानीको वहाव थियो ।

आज बिहान ९ बजे गरिएको मापनानुसार भने एक लाख ५९ हजार ९४० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको थियो । कोशी ब्यारेजका २४ ढोका खुला गरिएको थियो ।

कोशीमा पानीको वहाव बढ्ने क्रम शुरु भए पनि ब्यारेजमा कुनै खतरा नरहेको सुुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *