Main News

भत्ता नपाएको भन्दै कर्णाली प्रदेश अस्पतालका चिकित्सक आन्दोलनमा

हिमालय टिभी
२०७७ असार ११ गते १८:२२
भत्ता नपाएको भन्दै कर्णाली प्रदेश अस्पतालका चिकित्सक आन्दोलनमा

११ असार, २०७७ काठमाडौं । प्रोत्साहन भत्ता नपाएको भन्दै कर्णाली प्रदेश अस्पतालका चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पतालका आठौं तहका चिकित्सकले प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै आज आकस्मिक बाहेकका सेवा बन्द गरेर विरोधमा उत्रिएका हुन ।

गत पुस ८ गते आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा प्रदेश मन्त्रिपरिषदले चिकित्सकलाई तीन र जिल्लालाई चार तहमा विभाजन गरी प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो ।

कर्णाली प्रदेश अस्पतालमा अहिले ५६ जना चिकित्सक कार्यरत छन । तीमध्ये आधा आठौं तहका मेडिकल अधिकृत हुन । आन्दोलित चिकित्सकले निर्णय कार्यान्वयन नभएसम्म सेवामा नफर्कने अडान लिएका छन् ।

प्रदेश सरकारले जिल्ला र तहगत रुपमा ५० देखि १ सय ३५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो ।

सुर्खेतमा कार्यरत आठौं तहका चिकित्सकलाई आधारभूत तलबको ५० प्रतिशत र नवौंदेखि एघारौं तहका विशेषज्ञ चिकित्सकलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरिएको थियो । मंसिरदेखि लागू हुने गरी भएको निर्णय अनुसार अन्य चिकित्सकले भत्ता पाए पनि आठौं तहका मेडिकल अधिकृतले पाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *